१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

रामबहादुर थापाको आरोप, – ‘बालेन्द्र सरकार फाँसीवादी बाटोमा’



काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार फाँसीवादी बाटोमा अघि बढेको आरोप लगाएका छन् । उनले सरकारले जनताको जनजीवनसँग जोडिएका समस्याको समाधानमा ठोस उपलब्धि हासिल गर्न नसकेको टिप्पणीसमेत गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै नेता थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीबाट सरकारले फाँसीवादी शासनको यात्रा सुरु गरेको दाबी गरे ।

‘वालेन्द्र सरकारले फाँसीवादी शासनको ६ महिना पार गरेको छ । यो यात्रा पूर्वप्रधानमन्त्रीको गिरफ्तारीबाट सुरु भएको थियो । अहिले पूर्वप्रधानन्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ,’ उनले भने ।

उनले आगामी दिनमा पूर्वसभामुख वा अन्य प्रमुख राजनीतिक नेतासमेत पक्राउ पर्न सक्ने आशंका व्यक्त गरे । ‘क–कसको पछाडि सुराकी खटाइएको छ रु निकट भविष्यमा मध्यरातमा कुनै पूर्वसभामुख, कुनै प्रमुख नेता गैरकानुनी ढंगबाट पक्राउ पर्नु अनौठो हुनेछैन,’ थापाले टिप्पणी गरे ।

सम्पत्ति शुद्धीकरणको लोकप्रिय आवरणमा देशभक्त तथा लोकतान्त्रिक शक्तिलाई समाप्त पार्ने प्रयास भइरहेको उनको आरोप थियो । फाँसीवाद लोकतन्त्रको विपरीत ध्रुव भएको उल्लेख गर्दै उनले यस्तो शासन व्यवस्थाले विधिको शासनलाई स्वीकार नगर्ने बताए ।

सरकारले विश्वव्यापी रूपमा देखिएका विभिन्न संकट र नेपालका आन्तरिक समस्याको समाधानका लागि प्रभावकारी पहलकदमी लिन नसकेको पनि थापाको भनाइ थियो । जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा सरकारले अपेक्षित परिणाम दिन नसकेको उनले बताए ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले व्यहोरेको पराजयलाई स्वीकार गरिएको उल्लेख गर्दै उनले त्यसलाई आत्मसमर्पण नभई राजनीतिक सिकाइका रूपमा लिने स्पष्ट पारे ।

त्यसैगरी, पर्याप्त आधारबिना पूर्वउच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गरिएको भन्दै उनले आपत्ति जनाए । सुशासन र पारदर्शिताको प्रतिबद्धतासहित अघि बढेको सरकारले आफ्नै घोषणाअनुसार काम गर्न नसकेको उनको आरोप थियो ।

प्रतिनिधिसभा बैठकमा नेता थापाले सरकारको राजनीतिक कार्यशैली, पक्राउसम्बन्धी निर्णय र जनजीविकाका सवालमा उठाएका विषयले सरकारप्रति एमालेको असन्तुष्टि संसद्मा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १ : ४५ बजे

राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद ९डिपी० अर्यालले आज

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण

जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन

भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालले पायो विकास समितिको अध्यक्ष

नेपालगन्ज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेमा रहेका दुई