१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैन : क्रान्तिशिखा धिताल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन नहुने बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उहाँले संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिइन ।

संसद्मा बोलेका विषयमा सुनुवाइ नहुने तर मन्त्रालय तथा मन्त्रीका सचिवालयमा धाउँदामात्रै सुनुवाइ हुने प्रवृत्ति गलत भएको बताउँदै सचेतक धितालले सत्तापक्षभित्र पनि प्रतिपक्षी भूमिका रहने उल्लेख गरिन् । उनले संसद्लाई सधैँ सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोका रूपमा मात्र बुझ्न नहुने बताइन ।

संसद्मा सांसदको उपस्थिति घट्नुका कारणबारे पनि गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै उहाँले संसदीय वातावरण कति व्यवस्थित छ भन्ने प्रश्न गरिन । “सांसदहरू दलको आदेशभन्दा विवेकबाट चल्न दिनुपर्छ । अघोषित मुकामबाट बोल्न रोक लगाउने वा सिकाउने काम हुनु हुँदैन”, उनले भनिन ।

सरकारका दृष्टिमा संसद्लाई हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनहाँले सांसदको भूमिका खोजिएको ठाउँमा केवल उपस्थिति खोजेरमात्र नहुने जिकिर गरिन । “भूमिका खोजेको ठाउँमा उपस्थितिमात्रै खोजेर हुँदैन”, उनले भनिन ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ४ : १५ बजे

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्दै

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका

संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैन : क्रान्तिशिखा धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको

राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद ९डिपी० अर्यालले आज

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण