१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्दै



बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका पुनः खोल्न लागिएको छ । परियोजनाले बाँधमा जमेको सिल्ट सफाइ गर्न ४८ घण्टाका लागि ढोका खोल्न लागेको हो ।

एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन भारतबाट प्राप्त पत्रअनुसार असोज १७ गते राति १ः०० बजेदेखि असोज १९ गते राति १ः०० बजेसम्म बाँधका ढोका खुला रहने बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन । बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव तथा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

सो अवधिमा नदीको बहाव तथा जलस्तर बढ्न सक्ने भएकाले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन तथा नदी किनारमा नजान आग्रह गरिएको प्रजिअ अर्यालले बताइन । दार्चुलाबाट बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको हो ।

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने गरेको प्रजिअ अर्यालले जानकारी दिइन। सोहीअनुसार नेपालतर्फ आवश्यक सतकर्ता अपनाउने गरिएको हो ।

यसअघि गत साउन १३ गते पनि धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ४ : ४१ बजे

पार्टीलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्दै

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका

संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैन : क्रान्तिशिखा धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको

राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद ९डिपी० अर्यालले आज

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको