१७ आश्विन २०८३, शनिबार | October 3, 2026

जेष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निमार्ण गर्न रामनगरमा महायज्ञ



बुटवल । बुटवल-१०, रामनगरस्थित दुर्गा मन्दिरमा श्रीमद देवि भागवत ज्ञान महायज्ञ २०८३ आयोजना गरिने भएको छ । मन्दिर परिसरमा धर्मशाला तथा जेष्ठ नागरिक केन्द्र निर्माणार्थ असोज २५ गतेदेखि कार्तिक २ गतेसम्म महायज्ञ हुन लागेको दुर्गा मन्दिर ब्यवस्थापन समिति अध्यक्ष/यज्ञ सम्पादन मुल समिति अध्यक्ष ईन्द्र ध्वज मल्लले बताए ।

शनिबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि महायज्ञको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । महायज्ञ सम्पन्न गर्न २० वटा उपसमिति, ८० जनाको सल्लाहकार समिति, ६६ जनाको आजिवन सदस्य लागेको उनले बताए । ‘हामीले २५ सय जनालाई निम्तो पठाएका छौ ।’- उनले भने । सुप्रसिद्घ पं श्री चन्द्रकान्त काफ्लेबाट कथावाचन तथा प्रवचन हुने उनले बताए ।

यस क्षेत्रमा नै पुरानो बसोबास मानिएको रामनगर बिसं. २०२४ सालमा महेन्द्र राजमार्ग निमार्णको क्रममा विकास भएको थियो । सोही क्रममा स्थानियहरुबाट मन्दिर स्थापना भई धार्मिक सद्भाव र एकता अघि बढाउने गरि मन्दिरमा नियमित पुजाआजा गरिएको उनले बताए । ‘सत्कर्म र संस्कार सिकाउने थलोका रुपमा मन्दिर स्थापना भएको हो ।’- उनले भने । विसं. २०७९ सालमा औपचारिक रुपमा दर्ता गरि ब्यवस्थित गर्ने काम आफुहरुले अघि बढेको उनले बताए । टाढाटाढाबाट तिर्थालुहरुलाई समेत बास बस्ने ब्यवस्था गर्ने गरि पूर्वाधार तयार गर्ने लक्ष्य रहेको उनले बताए ।

महायज्ञबाट संकलन भएको रकमबाट जेष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निमार्ण गरिने हुदा सो क्षेत्रका जेष्ठ नागरिकहरुलाई भजनर्कितन र भेटघाट गर्ने थलोका रुपमा विकास हुने महासचिव दिलिप कुमार सुनारले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १२ का वडा सदस्य यमुना काउचा, रामनगर संरक्षण केन्द्रका अध्यक्ष झपट बहादुर गुरुङ, संस्थाका कोषाध्यक्ष तिलक प्रसाद शर्मा, प्रचारप्रसार संयोजक सुदिप खत्रीले महायज्ञमा प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरे ।

करीब ७ कठ्ठा क्षेत्रफल रहेको मन्दिर ब्यवस्थापन समितिबाट परिसरमा क्रियापुत्री भवन र सामुदायिक भवन निमार्ण गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ११ : २६ बजे

जेष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निमार्ण गर्न रामनगरमा महायज्ञ

बुटवल । बुटवल-१०, रामनगरस्थित दुर्गा मन्दिरमा श्रीमद देवि भागवत ज्ञान

एस मोड बस दुर्घटना : थप ४ जनाको सनाखत

नेपालगन्ज । नवलपरासीको सुस्तापूर्वको एस मोडमा भएको सवारी दुर्घटनाको थप

रास्वपा केन्द्रीय समितिको बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

तीन लाख भ्युजपछि सुरु भएको यात्रा : सात सय होटल पुगे तिरास

बुटवल । बुटवलका तिरास लाम्टाङ्गे मगरले पछिल्लो एक वर्षदेखि एउटै

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए