१७ आश्विन २०८३, शनिबार | October 3, 2026

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने




काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार यही असोज १९ गते सोमबार दिउँसो २ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म काठमाडौँस्थित राष्ट्रियसभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका छ ।

निर्वाचन समितिका सदस्य-सचिव राजु कडुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।

मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकाङ्क्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ । विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निर्धारित समयभित्र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सूचित गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  २ : १८ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी । गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन

नेपाली कांग्रेसमा नेता व्यवस्थापनका लागि पदाधिकारी बढाउने तयारी 

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनको पूर्वसन्ध्यामा

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

भोटेकोशीमा बेपत्ता टेकराजलाई श्रीमती कालिका खड्का लेख्छिन् -‘प्रिय ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…’

काठमाडौँ ।प्रिय श्रीमान् ‘जी’ !पशुपतिनाथमा यतिका धेरै मानिस भेला भएर

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको