१८ आश्विन २०८३, आइतबार | October 4, 2026

महालक्ष्मीको १६ दिने व्रत समापन



काठमाडौं । भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अघ्र्य दिएर रातभर जाग्राम बसेसँगै समापन भएको छ ।

धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन लिने यो व्रतका प्रभावले दुःख दारिद्र्य नाश भई सुख शान्तिका साथै श्रीवृद्धि र वैभव प्राप्त हुने विश्वास छ । विशेषगरी यो व्रत नारीले लिने गरेका छन् ।

भगवान् शङ्करले यो व्रतविधि देवी पार्वतीलाई बताएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यो व्रतका प्रभावले मानव देह परित्यागपछि दिव्यधाम प्राप्त हुने जनविश्वास छ ।

देवराज इन्द्रले महालक्ष्मीको व्रत एवं पूजाआराधना गरी महालक्ष्म्याष्टक स्तोत्र रचना गरेको महालक्ष्मी व्रतकथामा उल्लेख छ । बिहान, मध्याह्न र साँझ तीन पटक यो स्तोत्र पाठ गरेमा धनधान्य, सुख प्राप्त हुनाका साथै शत्रुनाश हुने जनविश्वास छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेष रुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ ।

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गरिन्छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ७ : ३१ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत । बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् ।

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

लमजुङ । दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ

नारायणघाट-बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौं । भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११