१८ आश्विन २०८३, आइतबार | October 4, 2026

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने



नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा विजयादशमी, शुभदीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदान प्रदान र सम्मान कार्यक्रममा बोलदै महासंघका उपमहासचिव एवं संगठन विभाग प्रमुख डोलनाथ खनालले व्यवसायीको हित संरक्षणका लागि एमालेको विकल्प नरहेको दाबी गरेका छन्  । उनले व्यवसायीको लगानी, पुँजी र श्रमिकको संरक्षणका लागि नेकपा (एमाले) को नीति र दृष्टिकोण महत्वपूर्ण रहेको बताए ।

खनालले व्यवसायीका समस्या समाधान र राष्ट्रिय पुँजीको संरक्षणमा एमालेले नीतिगत रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । ‘हामी पहिला व्यवसायी हौं । व्यवसाय कसरी सञ्चालन गर्ने, पुँजीलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयसँगै पार्टी, समाज र परिवार पनि जोडिन्छन्’, उनले भने, ‘व्यवसायी, लगानी र श्रमिकको संरक्षणका लागि एमालेको चिन्तन र दृष्टिकोणबाहेक अन्य विकल्प प्रभावकारी रूपमा देखा परेको छैन ।’

संगठन विभाग प्रमुख खनालले विगतका विभिन्न सरकारका कार्यकाललाई हेर्दा राष्ट्रिय पुँजी, लगानी र उद्योग प्रतिष्ठानको संरक्षणमा एमाले नेतृत्वका सरकारहरूले महत्वपूर्ण काम गरेको जिकिर गरे । विशेषगरी केपी शर्मा ओली नेतृत्वको सरकारले व्यवसायी र उद्योग क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा काम गरेको उनको भनाइ थियो ।

व्यवसायीहरू विशुद्ध व्यवसायी मात्र नभई समाजका विभिन्न तहसँग जोडिएका हुने भएकाले उनीहरूको भूमिका राजनीतिमा पनि महत्वपूर्ण हुने खनालको भनाइ थियो । उनले पार्टीलाई सर्वोपरि मात्र मान्न नसकिने र पार्टीको भूमिका नै छैन भन्न पनि नसकिने स्पष्ट पार्दै व्यवसायीको पेसागत तथा नीतिगत हितका लागि पार्टी र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेका अध्यक्ष भीम बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य ढकालले नेपालगन्ज ऐतिहासिक पुरानो सहर भएपछि राष्ट्रिय स्तरमा प्रभावपार्न सक्ने क्षमता बन्न नसकेको बताए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले नौबस्तामा रहेको जग्गा विवाद समाधान गरेको अवस्थामा पनि संघीय सरकारले चालु आ.व.मा बजेटमा प्राथमिकता नदिएको बताए । उनले प्रदेश सरकारले उत्पादन वृद्धि तथा युवाहरूलाई उत्पादन, उद्योगसँग जोड्नका लागि प्रोत्साहन गर्ने नीति लिंदै विभिन्न खालका अनुदानका लागि बजेट व्यवस्था गरेको जानकारी दिए ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिर, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवि ओली, नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेका इन्चार्ज भाष्कर काफ्लेलगायतले उद्योग व्यवसायको प्रवद्र्धन नहुँदासम्म रोजगारी सृजना नहुने र देशमा रोजगारीको ग्यारेनटी नहुँदा सम्म युवाको पलायन रोक्न नसकिने धारणा राखेका थिए ।

महासंघका जिल्ला, प्रदेशका नेताहरू, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला स्थित नेताहरू, उद्योगी, व्यवसायी लगायतको उपस्थिति रहेको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको नवनिर्वाचित टिम, नेपाल घरेलु तथा साना उद्योग महासंघको नवनिर्वाचित पदाधिकारी तथा सदस्य लगायतलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ९ : ४२ बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय