२० आश्विन २०८३, मंगलबार | October 6, 2026

लुम्बिनीसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना



काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा भने मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । मधेश प्रदेश, कोशी प्रदेशको तराई भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । देशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

हाल कुनै मौसमी चेतावनी जारी नगरिएको महाशाखाले जनाएको छ । तथापि, सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई अद्यावधिक मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ६ : ३४ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ । बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको

कांग्रेस १५ औँ महाधिवेशन : आजदेखि उम्मेदवारी मनोनयन, असोज २२ मा मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

बेनी-जोमसोम-कोरला सडक : मर्मत जारी

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको

लुम्बिनीसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभाग तथा

अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

चितवन । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको