२० आश्विन २०८३, मंगलबार | October 6, 2026

कांग्रेसको बन्द सत्रको छलफल बुधबार बिहान पुनः हुने



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रको थप छलफल बुधबार पुनः हुने भएको छ ।

बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारासम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो ।

छलफलमा सात प्रदेशका अतिरिक्त भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी हुनुभएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले जानकारी दिए । उनका अनुसार बन्द सत्रको तेस्रो दिनको छलफल बुधबार बिहान साढे १० बजे पुनः हुनेछ ।

बुधबारको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक आचार्यले बताए ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३५ बजे

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई

तातोपानी नाका खुलाउनेबारे छलफल भइरहेको छ : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने

नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कांग्रेसको बन्द सत्रको छलफल बुधबार बिहान पुनः हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्द

कोहलपुरको थापा मेडिकल प्रकरण : युटुबर हिमान्सु शाही पक्राउ

नेपालगन्ज । कोहलपुरको थापा मेडिकल घटना प्रयोजनमा सामाजिक सञ्जालमा भिडियो