२० आश्विन २०८३, मंगलबार | October 6, 2026

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै



काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्र जारी छ । हिजोदेखि शुरू भएको बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र  कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित हुन बाँकी छ । 

हिजो महामन्त्री प्रदीप पौडेलको संशोधित विधान पारित भएको थियो । सोअनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको छ । निर्वाचनको लागि उम्मेदवारी दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा चलिरहँदा खुलामञ्चमा बन्द सत्र जारी छ । 

आकर्षण निर्वाचनतर्फ भइरहँदा खुलामञ्चमा चहलपहल कम छ । महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले बन्दसत्र शुरू गरिएको जानकार दिए । उनले तीन वटा हलमा आ-आफ्नो क्लस्टरका महाधिवेशन प्रतिनिधिबीच प्रतिवेदन पेश भएकामा आज शुरूवातमा छुट्टाछुट्टै शुरू भए पनि महाधिवेशन प्रतिनिधि कम उपस्थित भएमा एउटै हलमा समेटेर छलफल चलाइ पारित गर्ने योजना बनाइएको छ ।

संयोजक आचार्यले भने, ‘सभापति गगन थापाले पेश गरेको प्रतिवेदन, उपसभापति  विश्वप्रकाश शर्मा,महामन्त्री गुरूराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदनमाथि छलफल हुन्छ । त्यसपछि पारित हुन्छ।’

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १ : ०८ बजे

कोहलपुरको थापा मेडिकल प्रकरण : युटुबर हिमान्सु शाही पक्राउ

नेपालगन्ज । कोहलपुरको थापा मेडिकल घटना प्रयोजनमा सामाजिक सञ्जालमा भिडियो

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०