२५ आश्विन २०८३, आइतबार | October 11, 2026

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा



काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीस्थित पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

त्रिशूली नदीको कटानका कारण शुक्रबार भासिएर अवरुद्ध भएको सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आएको हो। सडकको भित्ता खोपेर डाइभर्सन बनाएपछि सडक सञ्चालनमा आएको हो ।

प्रहरीका अनुसार आइतबार दिउँसो ३ः१० बजेदेखि सडकमा दुईतर्फी सवारी आवागमन सुरु भएको छ।

सडक सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएका सवारीसाधन तथा सो मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सहज भएको छ।

फोटो साभार: केशव अधिकारीको FB

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ५ : ५५ बजे

खजुरामा जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु, न्यू हिमालयनको विजयी सुरुवात

नेपालगन्ज । बाँकेको खजुरामा बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

बूढीगण्डकी बाढी : गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

गोरखा । बूढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका १०० बढी घरहरू

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीस्थित पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा