काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला (पन्त) विजयी भएका छन् ।
उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । अर्का विजयी मधु आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन् ।
खुलातर्फका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।
उपसभापति समावेशीतर्फ विनोदकुमार चौधरी एक हजार ७४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गरेका छन् । यसैगरी, फरमुल्लाह मंसुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।
महामन्त्री खुलातर्फ प्रदीप पौडेलले चार हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । उदयशमशेर राणाले दुई हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजय हासिल गरेका छन् ।
खुलातर्फका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् ।
















प्रतिक्रिया