२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी



खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार दुई खेल सम्पन्न भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा बाँके जिल्लाका खेलाडीले मात्र सहभागी हुन पाउने गरी भएको प्रतियोगितामा आयोजक न्यू डाँफे (बि) र जय किसन विजय भएको हो ।

न्यू डाँफेले एन के स्पोर्ट्स क्लबलाई २(५ को फराकिलो अन्तरले जित निकाल्यो । न्यू डाँफेबाट विपिन थापाले ४ गोल र निराजन शाहीले एक गोल गरेका थिए ।

यस्तै मंगलबार जय किसन स्पोट्स क्लबले नव ज्योति युवा स्पोट्स क्लबलाई ३ ( ० को अन्तरले विजयी भयो । जय किसन स्पोट्स क्लबका अतिस सुनारले २ गोल गरे भने सुदिप विकले १ गोल गर्दै जित दिलाए ।

प्रतियोगितामा बुधबारबार पनि दुई खेल हुने आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालराम खत्रीले जनाएका छन् । बुधबार पहिलो खेल चन्द्र ज्योति युवा क्लब र ब्रोदर्स एफसी आमने सामने हुनेछन् । खत्रीका अनुसार दोस्रो खेल एफसी सीमलघारी र अकसेरा एफसी भिड्ने छन् ।

प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ साथमा ट्रफि मेडल र प्रमाणपत्र र उप विजेता टिमले ३१ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लवका अध्यक्ष खत्रीले जनाए ।

क्लवका संरक्षक खजुरा गाउँपालिका ४ डि गाउँ निवासी हाल अमेरिका रहेका समाजसेवी लिल बहादुर थापाले प्रतियोगिताको पुरस्कार राषी सौजन्य गरेका हुन । प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लवका सचिव तेजेन्द्र योगिले जनाए । दशै र तिहारको अवसर पारि आइतबार देखी शुभारम्भ गरिएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने न्यू डाँफे स्पोर्टस क्लवका उपाध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए । असोज २५ देखि प्रतियोगिता सुरु भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ९ : ५१ बजे

यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौँ । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो