२८ आश्विन २०८३, बुधबार | October 14, 2026

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एकजना पक्राउ



काठमाडौं । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई हाल काठमाडौं खसीबजार बस्ने १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही स्थान घर भएका १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित क्षेत्रमा उनीहरूबीच विवाद भएको थियो। सोही विवादका क्रममा रूपेशले गरेको कुटपिटबाट गम्भीर घाइते भएका रोशनलाई उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले अभियुक्त रूपेश पाख्रिनलाई नियन्त्रणमा लिएको छ। साथै, यस घटनामा थप अनुसन्धानका लागि अन्य ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १२ : १७ बजे

फेरियो ९ वर्षदेखि कन्तबिजोग खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९

दाङको घोराहीबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित २ जना पक्राउ

दाङ । प्रहरीले दाङको घोराहीबाट ठुलो परिणामको लागु औषध ब्राउनसुगर

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८