२८ आश्विन २०८३, बुधबार | October 14, 2026

साउदी अरबका प्रस्तावित राजदूतको विवादास्पद अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन



काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारले संसदीय सुनुवाइका क्रममा दिएको विवादास्पद अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिइएको छ।

बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा समिति सभापति बोधनारायण श्रेष्ठले सुनारले प्रयोग गरेको ‘ल्याङ हान्न आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।

सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूत सुनारमाथि आर्थिक विषय तथा महिला हिंसासम्बन्धी आरोपबारे प्रश्न उठाएका थिए। सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सुनारले ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ को प्रसंग उल्लेख गर्दै ‘१३ वर्षपछि कामीको छोरालाई ल्याङ गर्न किन आइरु’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि सभापति श्रेष्ठले उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।

सुनुवाइका क्रममा सांसदहरूले सुनारमाथि महिलामाथि घरेलु हिंसा गरेको आरोप लागेको तथा सम्बन्धित महिलासँग मेलमिलाप भएको विषयमा समेत प्रश्न गरेका थिए।

जवाफमा सुनारले आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गरे। आफू महिला हिंसाविरुद्ध जनचेतना फैलाउने व्यक्ति भएको दाबी गर्दै उनले हिंसा गरेको आरोप गलत भएको बताए।

यद्यपि, आफूले पीडित भनेर प्रचार गरिएकी महिलासँग प्रेम सम्बन्ध रहेको र उनीहरूबीच भनाभन भएको विषय भने सुनारले स्वीकार गरेका छन्। उक्त विषय सन् २०१३ मै टुंगिसकेको भए पनि अहिले पुनः उठाइएको उनको भनाइ थियो।

संसदीय सुनुवाइका क्रममा उठेका प्रश्न र सुनारको जवाफसँगै उनको अभिव्यक्तिलाई लिएर समिति बैठकमा विवाद उत्पन्न भएको हो।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ५ : १८ बजे

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय

सहकार्य, सहअस्तित्व र समन्वयमा जोड दिँदै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न

विराटनगर । नेपालको संविधानमा व्यवस्था भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय

साउदी अरबका प्रस्तावित राजदूतको विवादास्पद अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारले

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युतविहीन

गोरखा । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

काठमाडौं । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य