१ कार्तिक २०८३, आइतबार | October 18, 2026

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता



सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन् ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।

सिन्धुली प्रहरीले दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो । त्यहाँबाट उनीहरूलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।

घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका-३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका-१ का १३ वर्षीय अंकित विक रहेका छन् ।

चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ । संयुक्त सुरक्षा टोलीले बेपत्ताहरूको खोजी गरिरहेको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ७ : ५४ बजे

आजदेखि तीन दिनका लागि खुल्दै तातोपानी नाका

काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने