१ कार्तिक २०८३, आइतबार | October 18, 2026

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने



काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

विराटनगरले रसेललाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत आज जानकारी गराएको छ । “समर्थकले तपाईंको माग गरे । हामीले पूरा गर्यौं । विराटनगर किङ्समा स्वागत छ”, विराटनगरको टोलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।

सन् १९८८ अप्रिल २९ मा जमैकामा जन्मिएका रसेलले वेष्ट इण्डिजका लागि एउटा टेष्ट, ५६ एकदिवसीय अन्तरराष्ट्रिय र ८६ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय अन्तरराष्ट्रियमा एक हजार ३४ रन बनाउनुका साथै ७० विकेट लिएका छन् ।

टी–२० अन्तरराष्ट्रियमा उनले एक हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन् । अन्तरराष्ट्रिय क्रिकेटसँगै रसेलले विश्वका विभिन्न व्यावसायिक फ्रेन्चाइज लिगमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् ।

इण्डियन प्रिमियर लिग (आइपिएल)मा उनले दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सबाट खेलेका छन् । आइपिएलमा उनको नाममा दुई हजार ६५१ रन र १२३ विकेट छन् । उनले सन् २०१४ र २०२४ मा कोलकाताबाट आइपिएलको उपाधि जितेका थिए ।

रसेलले क्यारेबियन प्रिमियर लिग (सिपिएल), पाकिस्तान सुपर लिग (पिएसएल), बङ्गलादेश प्रिमियर लिग (बिपिएल), बिग बास लिग (बिबिएल), इन्टरनेसनल लिग टी–२० र मेजर लिग क्रिकेटलगायत प्रतियोगिता पनि खेलिसकेका छन् ।

रसेल सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेष्ट इन्डिज टोलीका सदस्यसमेत थिए । उनी अब एनपिएलमा पनि आफ्नो छाप छोड्न चाहन्छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ५ : ५९ बजे

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको