४ कार्तिक २०८३, बुधबार | October 21, 2026

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् ।

विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उनले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाओस् भनी कामना गरेका हुन् ।

“यस वर्षको दसैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ । धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ । यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस् । दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ”, सभापति थापाले सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ९ : २२ बजे

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपत्ति

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य

जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो

काठमाडाैं। बडादसैँको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको

यातायात सहजतासँगै लाङटाङमा पर्यटक बढे

रसुवा । यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा