७ कार्तिक २०८३, शनिबार | October 24, 2026

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी



काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्याएकाहरू आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने क्रम जारी छ ।

नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर दसैँ मनाउने परम्परा छ । यही परम्पराअनुसार आज पनि परिवार तथा आफन्तबीच भेटघाट गरी टीका लगाउने र आशीर्वाद लिने-दिने क्रम चलिरहेको छ ।

यस वर्ष बुधबार विजया दशमी परेको थियो। मुख्य दिन टीका थाप्न नभ्याएका व्यक्तिहरूले त्यसपछि पनि आफन्त तथा मान्यजनकहाँ पुगेर टीका ग्रहण गरिरहेका छन् ।

बडादसैँको मुख्य दिन विजया दशमी भए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन छ । यसै कारण आज पनि काठमाडौंमा टीका लगाउने, लगाइदिने तथा आशीर्वाद लिने-दिने क्रम जारी रहँदा दसैँको चहलपहल देखिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ७ : १८ बजे

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना