१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

एनपीएलमा आज दुई खेल : जनकपुर-काठमाडौं र विराटनगर-कर्णाली भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित भएको जनकपुर दोस्रो खेलमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भएको थियो ।

काठमाडौं गोर्खाजले भने एनपीएलको तेस्रो संस्करणमा आज पहिलो खेल खेल्दैछ । पहिलो खेलमै जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने काठमाडौंका कप्तान करण केसी हुन् भने जनकपुरको नेतृत्व अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहले गर्दैछन् ।

यसैगरी, आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ ।

कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । विराटनगर भने आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्ससँग आठ रनले पराजित भएको थियो । दोस्रो खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् ।

विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्दैछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ७ : २८ बजे

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको

सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी । ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा । बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण देशका