१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

भुटानमा शिंताफू हिमताल फुट्यो, लाया क्षेत्र सडक सम्पर्कविहीन



काठमाडौं । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ । सडकमा क्षति पुगेपछि दुर्गम लाया क्षेत्र भुटानका अन्य भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ ।

उत्तर भुटानको गासा जिल्लामा रहेको शिंताफू तालबाट आएको बाढीको पानी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्‍याएपछि अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकमा सबै प्रकारका यातायात बन्द गरिएको छ ।

भुटानी अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा अन्य व्यक्तिलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानीका उपाय अपनाइएको छ भने छिमेकी क्षेत्रलाई समेत सतर्क गराइएको छ । घटनामा हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन ।

रातिको अँध्यारोका कारण तालबाट बाहिरिएको पानीको परिमाण र बाढीले पुर्‍याएको क्षतिको पूर्ण मूल्यांकन हुन सकेको छैन । प्रारम्भिक विवरणले भने बाढीको प्रभाव ठूलो हुन सक्ने संकेत गरेका छन् ।

यस घटनापछि भारतको पश्चिम बंगालमा पनि सतर्कता बढाइएको छ । वनमन्त्री मनोजकुमार ओरांवले तल्लो तटीय क्षेत्रमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै संकोश नदी किनारका बासिन्दालाई सचेत रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

उनले जोखिमयुक्त क्षेत्रका बासिन्दासँग सम्पर्क गर्न तथा आवश्यक परे उनीहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन प्रशासन र सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् । पश्चिम बंगालका अधिकारीहरूले नदीको बहाव र सम्भावित जोखिमको निगरानी गरिरहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ७ : ४९ बजे

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौं । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा

‘अर्नब’प्रभावबाट कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली

भुटानमा शिंताफू हिमताल फुट्यो, लाया क्षेत्र सडक सम्पर्कविहीन

काठमाडौं । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि