१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित




म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा छन् ।

गाउँपालिकाका अनुसार विपद्बाट ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ । यसैगरी, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक क्षति भएको छ भने २० वटा सडकमा पनि क्षति भएको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार वडा नं ५ को छिसवाङ, वडा नं २ को भाइवाङ र वडा नं ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरिएको छ । विपद्बाट प्रभावित परिवारलाई राहत वितरण तथा अस्थायी बसोबासको व्यवस्था गर्नुका साथै क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोबाट विस्थापित गाउँपालिका–३ बरञ्जाका गङ्गाप्रसाद पुर्जा र कृष्णलाल सापकोटा बस्ती संरक्षण र पहिरो नियन्त्रणका निम्ति स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड दिँदै त्यसो नगरे आगामी वर्षायाममा अझ क्षति हुने बताउँछन्।

छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीको कटानले बस्ती जोखिममा पारेको छ । सिँचाइ तथा खानेपानी आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ११ : ५९ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको