१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल



सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता दिने र व्यवस्थित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग सुर्खेतमा छलफल गरेका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनास्थल रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा छलफल भएको हो । सुर्खेतमा सम्पन्न उक्त भेटमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लबीच प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सफल पार्न सङ्घीय र प्रदेश सरकारबीच हुनुपर्ने समन्वय, पूर्वाधारको अवस्थालगायत विषयमा छलफल भएको हो ।

छलफलका क्रममा मन्त्री पोखरेलले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्न मन्त्रालयले सबैपक्षसँग सहकार्य गरिरहेको बताउँदै कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको विकास र व्यवस्थापनमा सङ्घीय सरकारकोतर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा लागिपरेको जानकारी गराउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएका थिए । मन्त्री पोखरेल दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निरीक्षण तथा सरोकारवालासँगको समन्वयका लागि हाल सुर्खेत भ्रमणमा छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ११ : ०४ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का