१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपीएल खेल्ने



काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ ।

कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा भित्र्याइएको जानकारी दिए । उनका अनुसार जिशनको आगमनले टोलीको शीर्षक्रम थप मजबुत हुनेछ ।

एक्काइस वर्षीय जिशन बङ्गलादेशको उमेर समूह हुँदै ‘ए’ टोलीबाट खेलिसकेका ब्याटिङ अलराउन्डर हुन । उनले बङ्गलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स र दुरबार राजशाहीबाट खेलेका छन ।

उनी कर्णालीमा आबद्ध हुने तेस्रो बङ्गलादेशी खेलाडी हुन । यसअघि अरिफुल इस्लाम र अकबर अली टोलीमा अनुबन्ध भइसकेका छन । जिशनले लिस्ट ‘ए’ का ४९ खेलमा एक हजार २९५ रन बनाएका छन । उनले २७ टी-२० अन्तरराष्ट्रिय खेलमा ५७१ रन जाडेका छन ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ७ : ५३ बजे

सरकारको स्वेच्छाचारी कार्यशैलीमाथि छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारी कार्यशैली

पाउद्वार-खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

म्याग्दी । गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं-कर्णाली र सुदूरपश्चिम-चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई

हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपीएल खेल्ने

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का