१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए



काठमाडौं । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबर महिनाको तुलनामा यसवर्ष चार हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

बोर्डका अनुसार सबैभन्दा बढी १७ हजार ४३७ अमेरिकी पर्यटकको आगमन भएको हो । अघिल्लो वर्ष यसै महिनामा १३ हजार २८६ अमेरिकी पर्यटक आएका थिए । यस वर्ष अक्टोबर महिनामा १२ हजार ९७ भारतीय पर्यटक नेपाल भ्रमणमा आएकामा अघिल्लो वर्षको अक्टोबरमा १७ हजार २९८ थियो । सन् २०२६ को अक्टोबर महिनामा चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथो स्थानमा बेलायती पर्यटकको आगमन भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ८ : ३२ बजे

नयाँ कार्यसमिति अद्यावधिकका लागि कांग्रेसद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार

वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै

नेपालगन्ज । नेपालगञ्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार