१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

कार्यभार सम्हाल्न नेपाल आइपुगे भारतका नवनियुक्त राजदूत दलेला



काठमाडौं । भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी मंगलबार एअर इण्डियाको विमानबाट काठमाडौं ओर्लिएका हुन् ।

उनले बुधबारदेखि दूतावासमा कार्यभार सम्हाल्ने भएका छन् । उनी दक्षिण एसियाको राजनीतिमा विशेष दख्खल राख्ने भारतीय कूटनीतिज्ञ हुन् । यसअघिका राजदूत नवीन श्रीवास्तवको चार वर्षे कार्यकाल पूरा भएपछि भारतले दलेलालाई नयाँ राजदूत नियुक्त गरेको हो ।

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणअगावै राजदूत दलेलाले कार्यभार सम्हाल्न लागेका हुन् । मिश्री आगामी हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । उनी प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणको तयारीका विषयमा छलफल गर्न नेपाल आउन लागेको बताइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ३ : १० बजे

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कानुन

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ मा जेलमुक्त हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल

अन्तिम बलमा रसेलको कमाल, विराटनगरसँग २ रनले जनकपुर स्तब्ध

काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनपछि विराटनगर किंग्सले नेपाल प्रिमियर

६.६२ अंकले बढ्यो नेप्से, पाँच अर्ब ६५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज