१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते



काठमाडौं । रौतहटको गौरमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार हुँदा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन् ।

गोली लागेर घाइते यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार गएराति सवा ९ बजे यादवमाथि गोली प्रहार भएको थियो । उनको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी गोलीका छर्रा लागेको छ ।

घटनास्थलमा ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला परेको प्रहरीले जनाएको छ ।

यादवमाथि कसले र किन गोली प्रहार गरेको भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ८ : २९ बजे

बुटवल-११ को वडाध्यक्षमा रास्वपाबाट सुनिल शाहीको उम्मेदवारी घोषणा

बुटवल । स्थानीय निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दल तथा

काठमाडौं आइपुगे कर्णाली याक्समा आबद्ध डेभिड मिलर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समा अनुबन्ध

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री शाहसँग भेट्ने कार्यक्रम

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

चितवन । प्रहरीले रु छ लाख बराबरको पटाकासहित दुई जना

कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच गुन्डुमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका