१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने



काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौंमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने भएको छ । महानगर समितिका सभापति सुशन वैद्यले नेपाल संवत् मनाउने समुदायलाई लक्षित गरी काठमाडौंका भित्री गल्लीमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार यही कात्तिक २१ गते शनिबार साँझ ४स्०० बजे काठमाडौँको लगनटोलबाट र्‍याली सुरु हुनेछ । उक्त र्‍याली लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक, न्युरोड गेट हुँदै तेबहालसम्म हुने सभापति वैद्यले बताए।

कांग्रेसका सभापति गगनकुमार थापाको सहभागितामा आयोजना हुन लागेको उक्त कार्यक्रममा उपस्थितिका लागि महानगर समितिले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निमन्त्रणा गरेको छ । सभापति वैद्यले उक्त र्‍यालीले सांस्कृतिक परम्परा, मौलिक पहिचान र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १० : ५३ बजे

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सर्वसाधारणका

बझाङमा जिप दुर्घटना; दुई जनाको मृत्यु, ६ जना घाइते

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली

चुनावी हार स्वीकार्न तयार ट्रम्प, कंग्रेसका दुवै सदनमा डेमोक्रेट्सको सफलता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन

बुटवलमा मंसिर ११ देखि पाँचदिने खाना महोत्सव हुने

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन