१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

आफूलाई आइजिपीबाट हटाउने बालेनको सुरक्षा सल्लाहकार खालान् कार्की ?



काठमाडौं । सरकारले ३० वर्षपछि प्रहरीमा अर्को ‘कू’ गरेको छ । २०५३ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीको महानिरीक्षकबाट अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई आइजिपी बनाएका थिए ।

वर्तमान रास्वपा नेतृत्वको सरकारले ३० वर्षअघि एमाले सरकारले गरेको कार्यलाई दोहोर्‍याउँदै दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोजकुमार केसीलाई आइजी नियुक्त गरेको छ ।

पदबाट सिधै हटाउँदा कानुनी समस्या देखिने भएपछि सरकारले प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरेको छ । तर कार्कीमाथि नैतिक प्रश्न भने उठेको छ । आफूलाई पदबाट हटाउने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार खाने कि अदालत जाने ? भन्ने प्रश्न उनीसामु खडा भएको छ ।

कार्कीलाई आइजीबाट हटाउन भनेर मात्रै प्रधानमन्त्री बालेनले १५ मिनेटभित्रै सूचना दिएर मन्त्रिपरिषद् बैठक डाकेका थिए । पहिले नै सबै निर्णय लेखेर ल्याइएको थियो । सरकारका प्रवक्ता सस्मित पोखरेलले देशमा शान्ति सुव्यवस्था कायम गर्न कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरिएको दाबी गरेका छन् ।

कार्कीले सरकारको निर्णयविरुद्ध अदालत जाने कि राजीनामा दिने भन्ने विषयमा परामर्श थालेको उनी निकट स्रोतले दाबी गरेको छ । 

तर रास्वपा सांसद खगेन्द्र सुनार जो अहिले अर्धभूमिगत अवस्थामा छन्, उनकै मागबमोजिम प्रधानमन्त्री बालेनले कार्कीलाई आइजीबाट हटाएको पुष्टि भएको छ । सुनारले नै प्रहरीको कपडा खरिद प्रकरणमा करोडौंको डिल भएको र त्यसमा आइजी कार्कीको संलग्नता रहेको भन्दै संसदीय समितिमै राजीनामा माग गरेका थिए । अहिले सुनारको माग पूरा भएको छ ।  

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ३ : ४२ बजे

Pakistan Seeks Stronger Economic and Tourism Cooperation with Gandaki Province

Pokhara: Pakistan has expressed interest in expanding cooperation with Gandaki

गण्डकीसँग पर्यटन र व्यापारमा सहकार्य विस्तार गर्न पाकिस्तान इच्छुक

पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी

आईजीपी हटाउने निर्णयमा रास्वपा पार्टी र सरकारको भनाइ बाझियो

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने

बर्खास्त आईजीपी कार्की सर्वोच्च जाने मुडमा

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर

आफूलाई आइजिपीबाट हटाउने बालेनको सुरक्षा सल्लाहकार खालान् कार्की ?

काठमाडौं । सरकारले ३० वर्षपछि प्रहरीमा अर्को ‘कू’ गरेको छ