१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

बर्खास्त आईजीपी कार्की सर्वोच्च जाने मुडमा



काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।

सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउँदै एआईजी डा। मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णय सार्वजनिक भएलगत्तै कार्कीले आफू निकट व्यक्तिहरूसँग कानुनी लडाइँमा जाने प्रतिक्रिया दिएका छन् । सरकारले पहिलेदेखि नै आफूलाई काम गर्न नदिएको र विभिन्न अप्ठ्यारा सिर्जना गर्दै आएको भन्दै उनले अब न्यायिक लडाइँ लड्ने बताएका छन् ।

कार्कीले अदालत जाने विषयमा कानुन व्यवसायीसँग अनौपचारिक परामर्श सुरु गरिसकेका छन् ।

सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा कानुनी चुनौती दिए भने प्रहरी नेतृत्व परिवर्तनको विषय न्यायिक प्रक्रियामा प्रवेश गर्ने सम्भावना छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ४ : ५४ बजे

विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भारतीय

शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

काठमाडौँ । सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा

एजेन्सी । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट