१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फष्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका दुई पक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका उनी बुधबार यहाँ आइपुगेका थिए । विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी आजै काठमाडौंँबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ३ : ३८ बजे

उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रब

१३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजारमा गिरावट

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाको

जनकपुरविरुद्ध लुम्बिनीको उत्कृष्ट जित

काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले