१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, ब्रिटिश गोर्खा, जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकासका साथै साझा चासोका विविध विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ ।

उक्त अवसरमा उपराष्ट्रपति यादवले नेपाल र बेलायतबीच सन् १८१६ देखि स्थापित कूटनीतिक सम्बन्ध परम्परागत मित्रता, आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गरे । उनले नेपालको विकास प्रयासमा बेलायतले पु¥याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरेका थिए ।

भेटमा उपराष्ट्रपति यादवले जलवायु परिवर्तन, सामाजिक–आर्थिक विकास तथा अन्य साझा सरोकारका क्षेत्रमा पारस्परिक हितका लागि बेलायतसँग सहकार्य विस्तार गर्न नेपाल उत्सुक रहेको बताएका थिए ।

सो भेटका क्रममा राजदूत फेनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न बेलायत इच्छुक रहेको बताउँदै आगामी साता टर्कीमा हुने कोप–३१ सम्मेलनमा नेपालले अघि सारेको ‘माउन्टेन टु सी’ जलवायु एजेन्डालाई बेलायतले समर्थन गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ४ : ४६ बजे

शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

काठमाडौँ । सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा

एजेन्सी । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट

काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो, विराटनगर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत बिहीबारको दोस्रो

यामाहा स्कुटर खरिद गर्दा तिलोत्तमाकी सरस्वती खनाल रायमाझीलाई १० लाख पुरस्कार

बुटवल । यामाहा नेपालको यस क्षेत्रको आधिकारिक विक्रेता बुटवल बाइकर्स