१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

३ दशकको पीडा र एक्लोपनपछि जमुनाले पाइन् संरक्षण



बुटवल । एउटा आमाले आफ्नै सन्तान गुमाउनुको पीडा कति असह्य हुन्छ होला ? सायद त्यो पीडा त्यही आमाको मनले मात्र महसुस गर्न सक्छ । छोराको वियोगले जीवनमा गहिरो चोट बोकेकी ६० वर्षीया जमुना कुमाल (भुल्ली) को जीवनकथा पनि यस्तै पीडा र संघर्षले भरिएको छ।

पाल्पा स्थायी घर भएकी जमुना लामो समयदेखि अर्घाखाँचीको पाणिनी गाउँपालिका–३, खिदिममा बस्दै आएकी थिइन्। दुई छोरामध्ये एक छोराको निधन भएपछि उनी मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्न थालिन्। त्यसपछि करिब ३० वर्षसम्म उनको जीवन सहज बन्न सकेन।

जीवनका अनेकौँ कठिनाइबीच पनि उनी हार मान्न तयार थिइनन्। गाउँघरमा आफूले सकेको सहयोग गर्ने, अरूका घरमा सानातिना काम गरेर आफ्नो गुजारा चलाउने गर्थिन्। तर, समयसँगै उनको शारीरिक अवस्था पनि कमजोर बन्दै गयो। केही समयअघि लडेर चोट लागेपछि उनी काम गर्नसमेत असमर्थ भइन्।

न काम गर्न सक्ने अवस्था रह्यो, न आफ्नो दैनिक जीवन सहज रूपमा चलाउन सक्ने। शारीरिक पीडासँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि झेलिरहेकी उनी अरूको जीर्ण घरको बार्दलीमा बस्न बाध्य थिइन्। उचित उपचार, हेरचाह र आत्मीय साथको अभावमा उनका दिनहरू कष्टकर बन्दै गएका थिए।

समाजका लागि उनी भुल्ली थिइन्, तर उनको पनि आफ्नै दुःख, पीडा र अनुभूति थियो। उनलाई आवश्यक थियो त केवल कसैको साथ, थोरै माया, उचित हेरचाह र सुरक्षित आश्रय।

स्थानीयवासीले उनको अवस्थाबारे जानकारी गराएपछि पाणिनी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीको समन्वयमा गत कार्तिक १७ गते उद्धार गरी उनलाई रुपन्देहीस्थित मानवसेवा आश्रम तिलोत्तमा शाखाको संरक्षणमा राखिएको छ ।

जमुनाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपचार, हेरचाह तथा अन्य सेवासहित संरक्षण प्रदान गरिने मानवसेवा आश्रमकी केन्द्रीय सदस्य सरु अधिकारीले जानकारी दिइन् ।

विगतका पीडादायी दिनहरूबाट बाहिर निस्केर अब जमुनाले सुरक्षित र आत्मीयता वातावरणमा नयाँ जीवनको अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ९ : २३ बजे

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू

काठमाडौँ । नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई

बाँकेको नरैनापुरमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु

नेपालगन्ज । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा आजदेखि भूमि प्रशासनसम्बन्धी

३ दशकको पीडा र एक्लोपनपछि जमुनाले पाइन् संरक्षण

बुटवल । एउटा आमाले आफ्नै सन्तान गुमाउनुको पीडा कति असह्य

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा पेस गरेको रिट आज दर्ता भएन

काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी

विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा