२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

आज कुकुर तिहार, साँझ लक्ष्मीपूजा गरिँदै



काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खान दिएर सम्मान गर्दै कुकुर तिहार मनाइँदै छ ।

तिथि घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । आज बिहान कुकुरको पूजा गरेपछि साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा आराधना गरिन्छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षाका दृष्टिले भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

नरक चतुर्दशी

आज बिहान अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान तथा तर्पण गरेर यमदीप दक्षिणतर्फ फर्काएर बगाउने धार्मिक परम्परा छ । यसो गरेमा मृत्युपछि नरकको दर्शन गर्नुनपर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतमले बताए । यसरी बत्ती बालेर बगाउने विधिलाई ‘नरके बगाउने’ भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गर्दा शरीर स्वस्थ हुने आयुर्वेदिक मान्यता रहेको छ । त्यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ७ : ३१ बजे

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना

भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

जुम्ला । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा

आज कुकुर तिहार, साँझ लक्ष्मीपूजा गरिँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६