२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम



बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली सडक खाना महोत्सवमा आयोजित देउसीभैलो प्रतियोगितामा रागश्री संगीतालय, बुटवल प्रथम भएको छ ।

प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही दोस्रो र नेपाल मगर संघ बुटवल-७ तेस्रो भएका छन् । त्यस्तै, रागश्री संगीतालयको अर्को समूह र भानु पारिजात आमा समूहले सान्त्वना स्थान हासिल गरेका छन् भने पाल्पाली समाज रुपन्देही र सुक्रपथ आमा समूह प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएका छन् ।

प्रतियोगितामा प्रथम हुने समूहले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । सान्त्वना र प्रोत्साहन पुरस्कार प्राप्त गर्ने समूहलाई जनही तीन हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।

निर्णायक समिति संयोजक दिल्लीनारायण पाण्डेसहितको टोलीले प्रतियोगिताको मूल्यांकन गरेको थियो । विजयी समूहलाई संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलसहित पदाधिकारीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

बुटवल-८ स्थित सुक्रपथमा कात्तिक २० देखि २२ गतेसम्म सञ्चालन भइरहेको महोत्सवअन्तर्गत सांस्कृतिक परम्परा र मौलिकताको संरक्षण गर्ने उद्देश्यले देउसीभैलो प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ ।

त्यसैगरी शनिबार अन्य सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे ।

अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालित महोत्सवमा महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।

महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत समेटिएका छन् । महाेत्सवकाे पहिलो दिन कार्यक्रम उद्घाटनसंगै स्थानीय ब्यान्डको प्रस्तुति रहेकाे थियाे ।

दोस्रो दिन देउसीभैलो प्रतियोगिता गरिएकाे छ भने तेस्रो दिन आज राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  १० : ०२ बजे

दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली

तिहारमा मिठाई र बत्तीको व्यापार

सुनसरी । तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ ।

सैनिक कल्याणकारी कोष : ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा

काठमाडौं । सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना