२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

यु-१९ एसिया कप : युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो



काठमाडौं । ओमानमा जारी एसिसी यु(१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा भइरहेको हो । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।

नेपालले पहिलो खेलमा भारतविरुद्ध १० विकेटको फराकिलो हार व्यहोरेको थियो । नेपाल आज युएईलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्ने योजनामा छ । उता युएई पनि नेपाललाई हराएर जितको खाता खोल्ने योजनामा छ । उसले पहिलो खेलमा पाकिस्तानविरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो ।

युएईसँगको पछिल्लो पाँच खेलमध्ये नेपालले चार खेलमा जित निकालेको छ । नेपाल र युएईबीचका अन्तिमपटक सन् २०१९ मा प्रतिस्पर्धा भएको थियो । उक्त एसिया कप खेलमा नेपालले युएईलाई १६० रनले हराएको थियो । नेपाल आज पनि सोही इतिहास दोहोर्‍याउने लक्ष्यमा छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ११ : १४ बजे

‘वी वान्ट क्लाइमेट जस्टिस’

काठमाडौँ, २२ कात्तिकः हाम्रा सेता हिमाल काला पत्थरमा परिणत हुँदैछन्

यु-१९ एसिया कप : युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

काठमाडौं । ओमानमा जारी एसिसी यु(१९ एसिया कप पुरुष क्रिकेट

दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली

तिहारमा मिठाई र बत्तीको व्यापार

सुनसरी । तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ ।

सैनिक कल्याणकारी कोष : ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा

काठमाडौं । सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र