२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान



बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई बेँसीतर्फ सारिएका हुन् ।

बूढीनन्दा नगरपालिका–९ का भेडापालक किसान सुमन थापाले अत्यधिक चिसो बढ्न थालेपछि आमाबुबा, श्रीमती र छोराछोरीसहित बेँसी झरेको बताउनुभयो । उहाँले साँफे—मार्तडी सडकखण्ड हुँदै २०० भेडासहित चिसो छल्न अछामको गैल जान लागेको बताए । गाउँमा चिसोसँगै हिउँ पर्न थालेपछि भेडा चराउन समस्या हुने भएपछि चैत–वैशाख महिनासम्मका लागि बेँसी झरेको उनको भनाइ छ ।

हिउँदको चिसोबाट भेडाबाख्रालाई जोगाउन र चरनको सहजताका लागि किसानहरू परम्परागत मौसमी बसाइँसराइमा लागेका हुन् । उच्च लेकाली क्षेत्रमा चिसो बढ्दै जाँदा भेडालाई घाँस तथा चरनको अभाव हुने भएकाले किसानहरू भेडाको बथानसहित बेँसी झर्ने गर्छन् । यहाँ पुस्तौँदेखि चल्दै आएको यो परम्पराले यहाँको पशुपालन र ग्रामीण जीवनशैलीलाई समेत झल्काउने गरेको छ ।

जिल्लाका उच्च हिमाली क्षेत्रका भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न जिल्लाका बूढीगङ्गा, खप्तड छेडेदहलगायत छिमेकी जिल्ला डोटी र अछामका विभिन्न स्थानमा गएर बस्ने गर्दछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ३ : २८ बजे

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक

ट्र्याक्टरले ठक्कर दिँदा नवलपुरमा प्रहरी जवानको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले

हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नको जवाफ देऊ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गिरफ्तारीको हल्ला चलाएर

बुटवलमा ६ करोड लगानीको ड्याडिज केक प्रिमियम बेकरी सञ्चालन

बुटवल । नेपाली बेकरी तथा खाद्य उद्योगमा गुणस्तर, आधुनिक प्रविधि