काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जनकपुरलाई जित आवश्यक छ भने सुदूरपश्चिम जित निकाल्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा मैदानमा उत्रनेछ ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । समान पाँच खेल खेलेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
यसअघिका एनपीएल संस्करणमा यी दुई टोलीबीच चार पटक प्रतिस्पर्धा भएको छ । जसमा सुदूरपश्चिमले तीन खेल जित्दा जनकपुरले एक खेलमा जित निकालेको छ ।

















प्रतिक्रिया