२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

भाइटीकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा




काठमाडौँ । सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका छन् ।

भाइटीकाका दिन सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले काठमाडौँ र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

सशस्त्रको बस सेवा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो । काठमाडौँको चक्रपथमा सञ्चालित बसले एक हजार ७६६ र भक्तपुरसम्म चलेको बसले ७२० जनालाई सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  १० : १३ बजे

बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

दमौली । पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले

भाइटीकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र

पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका

पोखरा । नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी

अकस्मातको वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ । अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

बर्दिया । वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु