२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल



टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन् ।

टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)का अवसरमा उनले उक्त धारणा राखेका हुन् ।

परराष्ट्रमन्त्री खनालले नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै हिन्दूकुश हिमाली क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक कार्यक्रममा उनले जलवायु परिवर्तनका असरले सीमाना नचिन्ने भएकाले साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता थप सुदृढ गर्नुपर्ने धारणा राखे ।

उनले पृथ्वीको पारिस्थितिक प्रणाली स्वास्थ्य र मानवताको सामूहिक हितको संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा कोप–३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवालको सहभागिता थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  १२ : ०५ बजे

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय

भीमफेदी इभी दुर्घटना : चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ

हेटौँडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज भएको

वीरगञ्ज कारागारबाट कैदी फरार

वीरगन्ज । पर्सास्थित वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका

काठमाडौं उपत्यकामा पनि सुरु भयो छठ पर्वको तयारी सुरु

काठमाडौं । छठ पर्वका लागि काठमाडौं उपत्यकाका विभिन्न नदी किनार,

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर