२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज बाँकेको खजुरा आइपुग्ने



खजुरा । हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज बाँकेको खजुरा आइपुग्ने भएको छ । रथयात्रा पूर्वपश्चिम राजमार्ग हुँदै देशका मुख्यमुख्य धार्मिकस्थलहरूको परिक्रमा गरी सुदूरपश्चिम पुगेर आज हुलाकी राजमार्ग हुँदै खजुरा आइपुग्ने जनाइएको छ ।

नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा त्रिवेणीधाममा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ रथयात्रा सुरु भएको श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सञ्चालकहरुले जनाएका छन् ।

मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (कमलनयनाचार्य) को सत्सङ्कल्पमा राष्ट्रव्यापी रथयात्रा सुरु गरिएको जनाइएको छ । यस रथयात्रा महाकालीसम्म पुगी फर्किएर नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम)मा आई विसर्जन हुने छ ।

‘रथयात्रा मुक्ति क्षेत्रको प्रचार, शालिग्राम भगवानको प्रचार, गण्डकी क्षेत्रको प्रचार, सामाजिक सद्भाव, धार्मिक एकताको सन्देश विस्तार गर्दै सञ्चालन भएको छ’, श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले भने, ‘हरेक वर्ष सञ्चालन हुँदै आएको यस रथयात्रा यस वर्ष कात्तिक ३० गते त्रिवेणीधाममा पुगेर विश्राम हुनेछ ।’

अपरान्ह ३ बजे खजुरा क्षेत्रमा प्रवेश गर्ने रथयात्रालाई खजुराबासीको तर्फबाट स्वागत गर्ने तयारी गरिएको लक्ष्मीनारायण दिब्यधाम, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए । धनौलीसम्म पुगेर स्वागत गरिने रथयात्रा खजुरा बजार स्थित लक्ष्मीनारायण मन्दिर परिषरमा केही बेर विश्राम गरेर गन्तब्य तर्फ अगाडि बढ्ने उनले बताए । ‘मुक्तिनाथ भगवानको घरआगनमै दर्शन गर्न पाउने अवसरलाई नगुमाउन समस्त हिन्दु धर्मालम्बीहरुलाई आग्रह गर्दछु ।’ उनले भने ।

रथयात्रा विश्राम भएपछि मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष दिव्यधाममा अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ सञ्चालन हुने जनाइएको छ ।

रथयात्राले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका पौराणिक पवित्रस्थलहरूमा परिक्रमा गर्ने प्रवक्ता प्रपन्नाचार्यले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ७ : ३९ बजे

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज बाँकेको खजुरा आइपुग्ने

खजुरा । हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

महोत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

भीमफेदी दुर्घटना : गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

हेटौँडा । अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने