२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संस्थानको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको हो । सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी आज सार्वजनिक गरिएको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीको संलग्नतामा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्‍याइएको भन्ने उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको हो ।

ब्युरोको प्रारम्भिक अनुसन्धानमा संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वयोजनाअनुसार आपसी मिलेमतोमा विभिन्न समूह बनाई सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक नोक्सानी पुर्‍याएको देखिएको छ ।

उक्त प्रकरणमा संस्थानलाई रु १२ करोड १३ लाख ४३ हजार ५३० बराबरको आर्थिक क्षति पुर्‍याई सोही रकम गैरकानुनी रूपमा लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ ।

शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता जबराले जानकारी दिए ।

ब्युरोका अनुसार जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर शर्मालाई पक्राउ गरिएको हो । यस प्रकरणमा अनुसन्धानका लागि प्रहरीले यसअघि आठ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ९ : १६ बजे

Your email address will not be published.

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डिडिसी) मा भएको

एनपिएल : चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

जनकपुर । मधेस प्रदेशसभाको बैठक शनिबार दिउँसो १ः०० बजेदेखि बस्नेगरी

जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत शुक्रबार

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका लागि नियुक्त भएका चार जना न्यायाधीशले