२८ कार्तिक २०८३, शनिबार | November 14, 2026

मधेसका मुख्यमन्त्री यादवद्वारा पदबाट राजीनामा



जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि आज पदबाट राजीनामा दिएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गरेका हुन । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत पाउने अवस्था कमजोर बनेको थियो ।

मुख्यमन्त्री यादवले अङ्कगणितीय हिसाबले पदमा रहनुभन्दा जनताको सेवा र विश्वासलाई प्राथमिकता दिँदै राजीनामा दिएको बताए ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा (एमाले)का चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

मुख्यमन्त्री यादवको राजीनामापछि मधेश प्रदेशमा अब कुन दलको नेतृत्वमा सरकार गठन हुने भन्ने टुङ्गो लागेको छैन ।

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमाले)का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ३ : २४ बजे

Your email address will not be published.

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक

एनपिएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

काठमाडौं । दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण

‘इनम’सँग कनेक्सन रहेको आशंकामा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठका भाइ

टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही हुन्छ : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जनताले