३० कार्तिक २०८३, सोमबार | November 16, 2026

बझाङमा अटो दुर्घटना : चार जनाको मृत्यु, एक बालक सकुशल



काठमाडौं । बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालक सकुशल रहेका छन् भने अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित अटो सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो ।

अटोमा चालकसहित ६ जना सवार थिए । दुर्घटनापछि घटनास्थल पुगेको प्रहरी टोलीले खोज तथा उद्धार गर्ने क्रममा सुरुमा तीन जनाको शव फेला पारेको थियो । थप खोजीका क्रममा अर्का एक जनाको शव फेला परेपछि मृतकको संख्या चार पुगेको हो ।

मृत्यु हुनेमा बुंगल नगरपालिका–१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, ६ वर्षीया डल्ली महरा र चार वर्षीया रियास महरा रहेका छन् ।

अटोमा सवार १२ वर्षीय विक्रम महरा भने सकुशल रहेको र घरतर्फ गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अटो चालक बुंगल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  २ : ५३ बजे

Your email address will not be published.

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार

बझाङमा अटो दुर्घटना : चार जनाको मृत्यु, एक बालक सकुशल

काठमाडौं । बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडामा अटो दुर्घटना हुँदा

भारतीय राजदूत दलेलाले गरे परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रमन्त्री

बागमतीलाई योगमय प्रदेश घोषणा गर्छौ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई

हाम्रा मुद्दाः जलवायु न्याय, वित्त र पर्वतीय विषय : मन्त्री चौधरी

अन्ताल्या । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य