१ मंसिर २०८३, मंगलबार | November 17, 2026

काठमाडौं उपत्यकामा मासु जाँच ऐन कार्यान्वयन, पहिलो दिन २० हजार कुखुराको परीक्षण



काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ । ऐन कार्यान्वयनको पहिलो दिन आज करिब २० हजार कुखुरा, सात वटा राँगा र दुई वटा खसीको मासु परीक्षण गरी छाप लगाउने कार्य सुरु गरिएको विभागले जनाएको छ ।

उपत्यकाका विभिन्न वधशालामा पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा पशु तथा मासुको जाँच गरी छाप लगाउन थालिएको हो । काठमाडौंको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखाका सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुर ठिमीको न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुस्थित राँगाको मासु पसलमा यस्तो परीक्षण भइरहेको विभागले जनाएको छ ।

स्वच्छ तथा स्वस्थ मासु मात्र उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत विभागले विभिन्न स्थानमा मासु निरीक्षक (पशु चिकित्सक) खटाएको छ । विभागका अनुसार बालाजुमा डा. कमलेश्वर भाट, टोखामा डा. गौरीमान श्रेष्ठ र डा. जस्मिन अधिकारी, भक्तपुरमा डा. पुजन सिंह कुँवर तथा टेकुमा डा. उदयलाल खत्रीले मासु निरीक्षकको जिम्मेवारी सम्हालेका छन् ।

जाँचका क्रममा मरेका पन्छी तथा अस्वस्थ पशुको मासु तत्काल हटाएर स्वस्थ मासुमा मात्र छाप लगाउने गरिएको छ । मासुमा छाप लगाउन प्रयोग गरिने मसी पूर्ण रूपमा ‘फुड ग्रेड’ अर्थात् खाद्य प्रयोजनका लागि सुरक्षित भएकाले यसबाट मानव स्वास्थ्यमा कुनै नकारात्मक असर नपर्ने विभागले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ९ : ११ बजे

Your email address will not be published.

काठमाडौं उपत्यकामा मासु जाँच ऐन कार्यान्वयन, पहिलो दिन २० हजार कुखुराको परीक्षण

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र

दाङका किसान आलु रोप्न व्यस्त

दाङ । दाङका किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन्

बेवारिसे बन्यो कान्ति ताल, भत्कँदै संरचना

नेपालगन्ज । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

चितवन । हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते