१ मंसिर २०८३, मंगलबार | November 17, 2026

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल रु चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३ दशमलव ३७ प्रतिशत हुन आउँछ ।

चालुगत शीर्षकमा यस आर्थिक वर्षका लागि रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको २७ दशमलव २९ प्रतिशतअर्थात् रु तीन खर्ब ४६ अर्ब ७५ करोड २४ लाख खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख बराबर विनियोजन भएको सात दशमलव ५३ प्रतिशतअर्थात् रु ३२ अर्ब ४४ करोड ८६ लाख खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा यस वर्ष रु चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख बराबर बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा २७ दशमलव ७६ प्रतिशतअर्थात् रु एक खर्ब १७ अर्ब ३२ करोड खर्च भएको छ ।

सरकारले यस वर्ष रु १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्ममा वार्षिक लक्ष्यको २३ दशमलव ३९ प्रतिशतअर्थात् रु तीन खर्ब ८४ अर्ब सात करोड बराबर प्राप्ति गरेको छ । कूल रु १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख राजस्व उठाउने लक्ष्य राखेको सरकारले पहिलो चौमासिकसम्ममा २३ दशमलव ५८ प्रतिशतअर्थात् रु तीन खर्ब ७२ अर्ब ७१ करोड ८० लाख बराबर राजस्व उठेको छ ।

वैदेशिक अनुदानतर्फ यस वर्ष रु ६१ अर्ब ७४ करोड ५४ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा १४ दशमलव पाँच प्रतिशतअर्थात् रु आठ अर्ब ६७ करोड ३५ लाख बराबर अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  १० : ५९ बजे

Your email address will not be published.

नेपाल–चीन सम्बन्ध : कूटनीतिबाट समृद्धितर्फको आयाम

बदलिँदो विश्व व्यवस्था, क्षेत्रीय शक्ति सन्तुलनमा आएको परिवर्तन, प्रविधिको तीव्र

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, भाटभटेनीलाई विशेष सम्मान

काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले विभिन्न

आन्तरिक पर्यटकको रोजाइमा रेसुङ्गा पार्क

गुल्मी । हरियाली जङ्गल, शान्त वातावरण र मनोरम प्राकृतिक दृश्यले

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको

कोप-३१ मा नेपालसहितको प्रस्ताव ‘कभर डिसिजन’मा सम्बोधन

अन्ताल्या । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका