२ मंसिर २०८३, बुधबार | November 18, 2026

दानबहादुर कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा



काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ।

कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको हो।

सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो। त्यसको भोलिपल्टै कार्कीले वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। अदालतले अध्ययनपछि कात्तिक २० गते रिट दर्ता गरेको थियो।

तिहारअघि नै दर्ता भएको उक्त रिटको सुनुवाइ यसअघि सोमबारका लागि तोकिएको थियो। तर सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिएका कारण सुनुवाइ दुई दिनपछि आजका लागि सारिएको हो।

कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै रिट दायर गरेका हुन्। उनले आफूलाई हटाउने कात्तिक १८ गतेको सरकारी निर्णय कार्यान्वयन नगर्न र रिटको अन्तिम टुंगो नलागेसम्म प्रहरी महानिरीक्षककै हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन्।

त्यसैगरी, डा. मनोज केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय, उनलाई दर्ज्यानी चिह्न प्रदान गर्ने लगायतका सम्पूर्ण निर्णय बदर गर्न पनि कार्कीले माग गरेका छन्। रिट निवेदनलाई अग्राधिकार दिएर सुनुवाइ गर्नसमेत उनको माग छ।

सरकारले आफूलाई पदबाट हटाउने निर्णय गर्नुअघि कुनै सूचना नदिएको, परामर्श नगरेको, सहमति नलिएको र स्पष्टीकरणसमेत नसोधेको कार्कीको दाबी छ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १० : ०१ बजे

Your email address will not be published.

दानबहादुर कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले

साइबेरियामा रुसको सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं । रुसको दक्षिणपश्चिमी साइबेरियास्थित केमेरोभो क्षेत्रमा रुसी सेनाको सैन्य

कोप-३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) को अध्यक्षताले

देशका पाँच सुकुम्बासीमुक्त पालिकामा जैमिनी पनि

बागलुङ । बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या

एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ