२ मंसिर २०८३, बुधबार | November 18, 2026

राष्ट्रपतिद्वारा फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेक थ्रु



काठमाडौं । काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङमार्गको दायाँ ट्युब बुधबार ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाद्वारा आयोजित विशेष कार्यक्रममा सुरुङ छिचोल्ने कार्यको उद्घाटन गरेका हुन्।

मकवानपुरस्थित महादेवटारमा निर्माण भइरहेको उक्त सुरुङको दायाँ ट्युब ३ हजार ४४५ मिटर लामो छ। यसअघि गत भदौमा ३ हजार ४८६ मिटर लामो बायाँ ट्युबको ब्रेक थ्रु गरिएको थियो। दायाँ ट्युबसमेत छिचोलिएसँगै आयोजनाकै सबैभन्दा लामो सुरुङमार्गको खन्ने काम सम्पन्न भएको छ।

नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी राजाराम बस्नेतका अनुसार द्रुतमार्गमा कुल ११.२ किलोमिटर लम्बाइका सातवटा सुरुङ निर्माण भइरहेका छन्। महादेवटारसँगै धेद्रे र लेनडाँडा सुरुङको पनि ब्रेक थ्रु भइसकेको छ। धेद्रे सुरुङ १ हजार ६९१ मिटर र लेनडाँडा सुरुङ १ हजार ६२३ मिटर लामो छन्।

आयोजनाअन्तर्गत अब चन्द्राम भीर (२ हजार २३७ मिटर), देवीचौर (१ हजार मिटर), सिसौटार (३९० मिटर) र मौरीभीर (५८३ मिटर) सुरुङको ब्रेक थ्रु हुन बाँकी छ। बाँकी सुरुङमध्ये मौरीभीरको ठेक्का प्रक्रियासमेत पूरा हुन सकेको छैन।

करिब ७१ किलोमिटर लामो काठमाडौं–तराईरमधेस द्रुतमार्ग निर्माणको जिम्मेवारी सरकारले २०७४ वैशाख २१ गते नेपाली सेनालाई दिएको थियो। सुरुमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको काम विभिन्न कारणले ढिलाइ हुँदै आएको छ।

नेपाली सेनाका अनुसार २०८३ भदौ मसान्तसम्म आयोजनाको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१.४७ प्रतिशत पुगेको थियो।

आयोजना निर्माणका लागि यसअघि निर्धारित समयसीमा २०८३ चैत मसान्तसम्म थियो। तोकिएको अवधिमा निर्माण सम्पन्न नहुने भएपछि गत साउन २० गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको म्याद थप गरी २०८६ चैत मसान्तसम्म पुर्‍याएको छ।

द्रुतमार्ग निर्माण सम्पन्न भएपछि काठमाडौंबाट तराईका विभिन्न जिल्लासम्मको यात्रा दूरी र समय उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ११ : ३८ बजे

Your email address will not be published.

सुनचाँदीको मूल्य घट्यो

काठमाडौ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ

गुल्मीमा प्रहरी निरीक्षक पर्वतकुमार केसी मृत फेला

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको

राष्ट्रपतिद्वारा फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेक थ्रु

काठमाडौं । काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो

गृहमन्त्री सुधन गुरुङकी आमा दाबी गरिएको भिडियो पोस्ट गर्ने बोगटी प्रहरी नियन्त्रणमा

भक्तपुर । गृहमन्त्री सुधन गुरुङकी आमा भएको दाबी गर्दै एक