३ मंसिर २०८३, बिहिबार | November 19, 2026

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह



परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छ ।

नेपाल भ्रमणमा रहेका चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको र्शिष्टाचार भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका यथाशक्य छिटो खुलाउन चिनियाँ पक्षसँग अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले गत भदौमा गएको बाढीले रसुवागढी नाका बन्द भएको र चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू चिसोले पूर्ण रूपमा सञ्चालन हुन नसक्ने विषम अवस्थामा काठमाडौँबाट सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनका लागि अध्यक्ष याङ्गसँग आग्रह गरेका छन् ।

“तातोपानी नाका काठमाडौँबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ”, परराष्ट्रमन्त्री खनालले भने, “यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको ‘कनेक्टिभिटी’का लागि तत्काल खुलाउन जरुरी छ ” ।

सो अवसरमा अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी दिए। भेटवार्ताका क्रममा दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षालगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १ : ११ बजे

Your email address will not be published.

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

काठमाडौं । सरकारले मासुको स्वच्छता र उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय

गोरुसिंगे-चन्द्रौटा सडक ६ लेनमा विस्तार हुने, ४ अर्ब ५६ करोडको ठेक्का सम्झौता

काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत कपिलवस्तुको

एपेक सम्मेलनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा गर्ने राखेपको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि