३ मंसिर २०८३, बिहिबार | November 19, 2026

सुनको मूल्यमा निरन्तर गिरावट, पाँच दिनमै तोलामा २६ हजार ७०० रुपैयाँ घट्यो



काठमाडौँ, ३ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ। बिहीबार पनि सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता २६ हजार ७०० रुपैयाँले घटिसकेको छ। पछिल्लो पाँच दिनमा मात्रै सुनको मूल्यमा साढे २३ हजार रुपैयाँभन्दा बढीको गिरावट आएको हो।

महासंघका अनुसार कात्तिक १७ गते सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँ घटेको थियो। त्यसपछि कात्तिक २९ गते १ हजार ५०० रुपैयाँ, ३० गते १ हजार १०० रुपैयाँ, मंसिर १ गते १ हजार ९०० रुपैयाँ र २ गते ६ हजार ३०० रुपैयाँले घटेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

नेपाली बजारमा गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। यो हालसम्मकै उच्च मूल्य हो। त्यसैगरी, सोही वर्ष माघ १८ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको उक्त मूल्य पनि हालसम्मकै उच्च हो।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ११ : ३८ बजे

Your email address will not be published.

पार्टीभित्र नेता कार्यकर्ताको योगदान र क्षमताको यथोचित मूल्याङ्कन हुनुपर्छ : विद्या भण्डारी

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले पार्टीभित्र नयाँ

सुनको मूल्यमा निरन्तर गिरावट, पाँच दिनमै तोलामा २६ हजार ७०० रुपैयाँ घट्यो

काठमाडौँ, ३ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट

संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको अनुगमनमा

गण्डकी । राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा

जनताका समस्या समाधान गर्न पार्टीभित्र एकता कायम गर्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले मुलुकको

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदीमा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको